चितवन / ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले स्मृति दिवसको अवसर पारेर विगत केही बर्ष देखि साहित्यिक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
यो बर्ष कोरोना का कारणले हामीले सोचे जस्तो कार्यक्रम गर्न सकेनौं तसर्थ भर्चुअल गजल वाचन कार्यक्रम संचालन गरेका हौं यो दोस्रो शृङ्खला हो यो पटक मिति २०७७ ÷०४÷३१ गते शनिबार साँझ ठिक ८ बजे , पुस्ता अनुसारका गजलको स्वाद श्रवण गर्ने गजलकार अम्बिका कार्कीले जानकारी दिनुभयो ।
गजल वाचनका लागि चितवनका अग्रज स्रष्टा गजलकार धनराज गिरि, झापाका चर्चित स्रष्टा गजलकार लोकेन्द्र बञ्जारा र काभ्रेकी यो शृङ्खलामा समावेश कान्छी स्रष्टा गजलकार अर्पणा चापागाई हुने कुरा गजलकार कार्कीले जानकारी दिनुभयो ।
सबैको साथ , सहयोग, माया र हौसलाले प्रतिष्ठानले शृङ्खलालाई अगाडि बढाउन पाएको हो । यो साथले निरन्तरता पाउनेमा हाम्रो दुई मत छैन कार्कीले भन्नुभयो साथै यो कार्यक्रम भव्यताका साथ सफल बनाउन सबै अग्रज र बुद्धिजिवीहरुलाई आग्रह गर्नुभएको छ ।





















