काठमाडाैं / काठमाडाैं उपत्यकामा ९२ जनासहित देशभर आइतबार ३ सय ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
देशभरका ३७ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा काठमाडाैं जिल्लाका मात्र ९२ जनामा काेराेना देखिएकाे हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले यस बारे बताएका हुन् ।





















