भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनको भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पुनः प्रा.डा कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालमा यस अघि डा. श्रीराम तिवारी प्रमुख थिए। मन्त्रालयले केही विभाग र विभिन्न अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो ।
मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ। यस अघिका निर्देशकको लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो। यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा यदुचन्द्र घिमिरेको सरुवा भएको छ।
























