पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् ।कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरे अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ ।
प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । ‘माथिबाट पत्र आएको छैन । पत्र आएपछि तयारी हुन्छ,’ प्रवक्ता चण्डी अर्यालले भने ।





















