चितवन – निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित भएका छन् । उनी १ सय ६१ मतका साथ निर्वाचित भएका हुन् । अर्का उम्मेदवार भीष्म अधिकारीले ९२ र शिव प्रसाद लौडारीले ६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत ल्याएर बिजयी भए भने उनका प्रतिस्पर्धी शैलेन्द्र भट्टराइले ६४ मत मात्रै पाएका थिए ।
महासचिवमा पुष्कर अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा १४६ मतका साथ शिव ढकाल निर्वाचित भए । ढकालका प्रतिस्पर्धी उत्सव भट्टराइले ११० मत पाए ।
त्यस्तै कोषाध्यक्ष पदमा प्रकाश तिवारी ९२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धीहरू प्रकाश पौडेलले ६५, विष्णु लामिछानेले ३४ र बसन्त खरेलले ६५ मत प्राप्त गरे ।
त्यसै गरी सदस्यहरुमा रसिक श्रेष्ठ, अरुण श्रेष्ठ, देवि प्रसाद भण्डारी, नमराज सिलबाल, आत्मराम कुमाल, रमाकान्त कोइराला, पदम अधिकारी र राजिव सडौला निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा सोभा न्यौपाने निर्बिरोध निर्वाचित भएकी छन् ।





















