बिदेशी भुमीमा श्रम गरि नेपाल आएर देशका विभिन्न जिल्लामा बसेका नेपालीहरुको संगठन रिटर्नी संपर्क सेवा समाज नेपालको चौथो साधारणसभा यहि बैशाख १४ र १५ गते पश्चिम नेपालको सुन्दर नगरी अर्घाखाँचीको कुंडुले स्थित गुंरास जंगल रिसोर्टमा सम्पन्न भएको थियो ।
देशको बिग्रंदो स्थिति , बढ्दो बेरोजगारी अनि आ आफ्नो स्वार्थमा ब्यस्त अहिलेको समाजमा साथित्वको माया अनि मित्रतालाई जिवन्त राख्न र संगठित हुन सके नेपालमै केही गर्न सकिन्छ भन्ने उदेश्यका साथ तीन बर्ष अगाडि गठन भएको यो संस्थाले आज चौथो बार्षिक साधारणसभा मनाउंदै गर्दा साथीहरू बिच देखिएको एकता, आत्मियता अनि सकृयताले संस्थालाई जिवान्त राख्न अझ उत्प्रेरित एवं उत्साहीत बनाएको संस्थाका महासचिव दिपक ढकालले बताउनु भयो ।
त्यस्तै बिदेशमा रहेर समेत हाम्रो मित्रतालाई मजबुत र दीर्घकालिन बनाउनु पर्छ भनेर संस्थामा आवद्ध हुँदै कार्यक्रम सफलताको लागि सक्दो सहयोग गर्नु हुने आत्मीय मित्रहरू जनक शाह (USA ), प्रकाश बोहरा (USA ), चन्द्रप्रकाश खनाल (KSA ), अमर क्षेत्री (UAE ) र भेष बहादुर मेखु ( UAE ) लाई संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्थाको तर्फबाट र ब्याक्तिगत तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दै नेपाल र नेपाल बाहिर रहनु भएका सबै साथीहरूलाई यस संस्थामा आबद्ध हुनको लागि आग्रह समेत गर्नु भयो ।
कोषाध्यक्ष बिरेन्द्र ढकाल र सचिब जीबला न्यौपानेले यो नितान्त गैह्र राजनैतिक संस्था भएकाले बिदेशी भुमिमा भएको चिनजान अनि मित्रतालाई नेपालमा रहेर पनि दिगो राख्दै संकलित रकम कोषको रुपमा संकलित गर्दै भबिस्यमा केही गर्न समेत सकिने भनाई व्यक्त गर्नु भएको थियो ।
बिदेशबाट फर्किएर पहिलो पटक सहभागी हुनु भएका कार्यक्रमका अतिथी किरण भाट क्षेत्रीले साथीहरूको कृयाशिलताले रिटर्नी सेवा समाज आज मजबुत हुँदै गएकोमा खुसी व्यक्त गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता र गुंरास जंगल रिसोर्टका संचालक सुरेश पोख्रेलको प्रमुख आथिथ्यता सम्पन्न साधारणसभा महासचिव दिपक ढकालले संचालन गर्नु भएको थियो ।
























