चितवन – चितवनका पत्रकार बसन्त पराजुलीले आफ्नो जन्मदिनको अबसरमा नेपाल नेपाल पत्रकार महासंघ चितवन शाखालाई र्याक सहितको पुस्तक हस्तान्तरण गरेका छन् । नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय सदस्य पराजुलीले महासंघ चितवन शाखाका कार्यबहाक अध्यक्ष प्रकाशमणि ज्ञवाली मार्फत शुक्रबार पुस्तक सहितको र्याक हस्तान्तरण गरेका हुन् ।
छयालिसौं वसन्त पार गरेको अबसरमा उनले रू.२५ हजार वराबरको र्याक सहितको पुस्तक हस्तान्तरण गरेका हुन् । उनले पत्रकारहरुलाई अध्ययनका लागि सहजहोस भन्ने उद्देश्यले पत्रकारीताका लागि आवश्यक पुस्ताकहरु हस्तान्तरण गरेका हुन् ।उनले भने, “जन्मदिनको अवसरमा आफ्नै पेशागत संघकोे लागि केही गरौं भनेर सानो सहयोग गरेको हुँ” ।उनले विगतका जन्मदिनहरुमा पनि सामाजिक कामहरु गरेर मनाउँदै आएको बताए।
दुइ दशक देखि चितवनमा पत्रकारीता र साहित्यमा कलम चलाउँर्दै आएका पराजुली हाल गोरखापत्र दैनिकका लागि चितवन समाचारदाताको रुपमा कार्यरत छन् । उनकोे कुमाता र मोम्चो कथासंग्रह प्रकाशन भएको छ ।
सो अवसरमा कार्यबहाक अध्यक्ष ज्ञवालीले जन्मदिनमा पुस्तक प्रदान गर्नु राम्रो बिषय भएको बताए। जन्मदिन तडकभडक गरी मनाउनुभन्दा सामाजिक काम गरी सादगी तरिकाले मनाउनुपर्ने उनको भनाइ थियो ।





















