चितवन – नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) को सहायक संगठन युवा संगठन नेपाल भरतपुर महानगर समितिको दोश्रो भेला चैत्र १७ गते शनिबार भरतपुरको धावन पाटी प्यालेसमा सम्पन्न भएकोछ । भेलाले गौरव सी को अध्यक्षतामा ३५ सदस्यीय महानगर समिती गठन गरेकोछ ।
त्यस्तै उपाध्यक्षमा भुपाल सी, सचिब राजन सी , सह – सचिब अशोक सी र कोषाध्यक्ष बिमल सी चयन हुनु भएकोछ । नेकपाका पिबिएम क. एटम सी को प्रमुख आथिथ्यतामा सम्पन भेलामा अतिथिहरु मध्य चितवन इन्चार्ज रुद्र सी, सेक्रेटरी भरत सी, जनस्वास्थ्य कर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी, भरतपुर महानगर इन्चार्ज क. आलोक सी ,पश्चिम नारायणी ब्युरो कार्यलय सदस्यहरु क. दिपक सी, क. अशोक सी , पश्चिम नारायणी ब्युरो युवा संगठन इन्चार्ज क. बिबेक सी, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष क. केशव सी, सचिब क. राजेन्द्र सी , क . कृष्ण सी र मध्य चितवन युवा संगठन नेपालका अध्यक्ष क.सुमित सी र सचिब क. पारस सी रहनु भएको थियो ।
कार्यक्रममा पिबियम क. एटम सी , जिल्ला इन्चार्ज क. रुद्र सी सेक्रेटरी भरत सी , अखिल नेपाल शिक्षक संगठन नेपालका सचिब क. राजेन्द्र सी, जनस्वास्थ्य कर्मी महासंघका महासचिव क. डाक्टर प्रकाश सी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । भेलामा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टीबाट २३ जना युवाहरुले नेकपा प्रवेश गरेका थिए ।

त्यस्तै शनिबार नै नेकपाकै भरतपुर महानगरपालिका वडा नं . ७ को युवा संगठन नेपालको भेला पनि क्यान्सर अस्पताल अगाडि रहेको बर्षाना होटलमा सम्पन्न भएको छ । भेलाले क. बिष्णु कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेकोछ । उपाध्यक्ष क. प्रज्वल कुंवर , सचिब प्रीन्स दुरा, कोषाध्यक्ष क. बिबेक लामा सह सचिब क. नरेश श्रेष्ठ चयन हुनु भएको छ ।





















