चितवन – बीसहजार जेसीजको आयोजना तथा अर्बिट कलेजको सहकार्यमा लागुऔषध दुरुपयोग र लत कार्यक्रम बीसहजार जेसीजका अध्यक्ष जेसी लक्ष्मण अधिकारी को सभापतित्वमा अर्बिट कलेज भरतपुर ५ बिकासचोक चितवनमा सम्पन्न भयो ।
नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय अध्यक्ष अरुनेश्वर खनालको प्रमुख अतिथि रहनु भएको थियो, कार्यक्रम मा बिशिस्ट अतिथि अर्बिट कलेज कार्यक्रम सयोजक देबी बन्जरा रहनुभएको थियो , कार्यक्रममा प्रमुख बक्ता फार्मेसी एसोसिएसन अफ नेपाल, चितवन अध्यक्ष शुशिल सिग्देल रहनुभएको थियो, कार्यक्रममा अर्बिट कलेज शिक्षक गोबिन्द पन्डीत, बीसहजार जेसीज कार्यकारिणी उपाध्यक्ष बिजय न्यौपाने, कानुनी सल्लाहकार ॐमकार सापकोटा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा ६९ बिध्यार्थी हरुको सहभागिता रहेको थियो । कार्यक्रम मा प्रमुख अतिथि खनालले युवा आज लागु पदार्थ दुव्यसनी फसेर ज्यादै भयाभह अबस्था निम्तिएको बताउनुभयो, युवा हरुलाई जागरण अभियान अन्त्रगत सचेत गराउनु आजको आबस्यकता भएको, र योग्य नागरिक जन्माउनु हामी सबैको दायित्व भएको ले जेसीज ले देशभर अभियान निरन्तर चलाईरहेको बताउनु भयो ।





















