चितवन / चितवन राष्ट्रिय निकुञ्जको घटनाको मानव अधिकार तथा शान्ति समाज केन्द्रीय टोलीको अनुगमन गरेको छ ।
निकुञ्जको सुरक्षामा खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार र सरोकारवालासगँ मानव अधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले अनुगमन गरेको छ ।
आज शनिबार चितवन आएको टोलीले चेपाङ्ग घरमा मृत्तकमा बुवाआमा, श्रीमती तथा अन्य सरोकारवाला पक्षसगँ घटनाबारे सोधपुछ गरेको थियो ।
मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, केन्द्रीय सचिव बाबुहरि आचार्य, श्यामसुन्दर पराजुली, मानव अधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेल , विभागिय संयोजक कमल ढुंगाना लगायतको टोली पीडितको घर पुगेको थियो ।
गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार सहित पाँच जनालाई निकुञ्ज सुरक्षार्थको लागि खटिएका सैनिक जवानले कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएपछि साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो ।
शान्ति समाजको टोलीले मृतक आफन्तसँगै घटनामा घाइते भएका सन्तोष चेपाङसँग पनि भेटघाट गरेको छ । शान्ति समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष खनालले मृतकको घरपरिवार, घाइते, राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालसगँ भेटघाटमा राजकुमारलाई सेनाले बर्बर यातना दिएर हत्या गरेको बताएका छन् ।
उनले दोषी सिपाहीको नाम अझैसम्म सार्वजनिक सेनाले गर्न नदिएको घटना राणाशासन शैली रहेको भन्दै भत्सर्ना गरे । घोंगी खोज्न पुगेका चेपाङ समुदाय युवाहरुलाई चरम यातना दिएर हत्या गर्ने कार्य घोर अमानवीय रहेको छ ।





















