चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले सुविधा सम्पन्न नयाँ कार्यालयको उद्घाटन गरेको छ । बैदेशिक शिक्षा, सम्बन्धी परामर्श र प्रकृयाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आईरहेको ग्लोबल रिच चितवन शाखाले सोमबार भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा सुविधा सम्पन्न नयाँ कार्यालय उद्घाटन गरेको हो ।
सेवाहरुलाई प्रभावकारी बनाउन र अत्याधुनिक टेक्नोलोजीका साथ विद्यार्थीहरुलाई शान्त वातावरणमा अध्यापन गर्ने, उचित वातावरण सिर्जना गर्न संस्थाको कार्यालयलाई ठूलो र थप व्यवस्थित बनाईएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, वेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।
संस्थाको उद्घाटनमा आएका ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीका कन्ट्री हेड नारायण बजाजले आफुहरुले लामो समयदेखी विद्यार्थीहरुलाई सही परामर्श दिंदै आएको बताए । उनले पछील्लो समयमा विद्यार्थीहरुको बिदेश जाने लर्को लागिरहेको बेला विद्यार्थीहरु के बिषय पढ्न जाने ? आफुले अहिले के पढिराखिएको छ भन्ने बिषयमा ध्यान दिन जरुरी रहेको बताए ।
त्यस्तै अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची बुझ्ने र आफ्नो लागि आफै गर्न सक्ने भएपछी मात्रा बिदेश पठाउन आग्रह गरेका थिए । सन् २००७ देखि काठमाडौँमा मुख्य कार्यालय स्थापना गरि आफ्नो सेवा शुुभारम्भ गरेको यस ग्लोबल रिचले सन् २०१४ देखि चितवनमा विधिवत रुपमा पहिलो शाखा स्थापना गरेको थियो ।
ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका,अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिए ।





















