भरतपुर/ भरतपुर महानगरपालिकाको आर्थिक सहयोग र प्रफेक्सन प्रफेक्सन हेयर एण्ड व्युटी सेलुन एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा ३९० घण्टे निःशुल्क एडभान्स ब्युटिसियन तालिम सोमबारदेखि भरतपुरमा सुरु भएको छ।
तालिमको भरतपुर ९ का वडाध्यक्ष यमलाल कडेलले एक समारोहका बीच उद्घाटन गरेका थिए। सो अवसरमा अध्यक्ष कँडेलले आधारभूत सिप सिकेका महिलाहरुलाई एडभान्स तालिम सिकेर स्वरोजगार बन्ने अवसर महानगरले दिएको बताए।
सिप सिकेपछि व्यवसायिक बनेर आत्मनिर्भर बन्न पनि अध्यक्ष कडेलले तालिममा सहभागीहरुलाई आग्रह गरेका छन्।
भरतपुर महानगरको सहकारी तथा रोजगार प्रवर्धन शाखाका अधिकृत रोजी केसीले महानगरको लगानीमा सुरु गरिएको तालिम सिकेपछि स्वरोजगार बन्न आग्रह गरिन्। यस किसिमका तालिमले गरिबी न्यूनीकरणमा टेवा पुग्ने उनको भनाइ थियो।
तालिमका मुख्य प्रशिक्षक सीतादेवी कँडेलले आधारभूत सिप सिकेकालाई एडभान्स तालिम दिएर स्वरोजगार बनाउन खोजिएको बताइन्। महानगरले गरेको लगानीलाई प्रतिफल देखिने गरी सिप सिक्न पनि उनले सहभागीलाई आग्रह गरिन्। तालिमका सहायक प्रशिक्षक मिरा पराजुली स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा रोजगार प्रवर्धन शाहका सहायक अधिकृत सुखदेव ढकालले तालिम सम्बन्धी निर्देशन दिएका थिए। तालिममा भरतपुर वार्ड नं ७ ,८ र ९ का १३ जना महिलाहरूको सहभागिता रहेको छ।






















