चितवन – पश्चिमको भरतपुर शिवघाटमा ‘महा शिवरात्री एवंम् साँस्कृतिक साँझ २०८०’ हुने भएको छ । महाशिवरात्री २०८० को अवसरमा सरिता ईभेन्टले महा शिवरात्री एवंम् साँस्कृतिक साँझ २०८० गर्न लागेको हो ।
‘स्वास्थ्य, शिक्षा, सूचना हाम्रो अभियानः कला, संस्कृति र भेषभूषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ हुने साँस्कृतिक साँझमा गायक अर्जुन सापकोटा, सुदिप निउरे, गोविन्द सापकोटा, दिप काफ्ले, वेली डान्सर वन्दना विश्वकर्मा, डान्सर खुसी सुनारसहित क्रोनि एण्ड द व्याण्डको विशेष प्रस्तुती रहने सरिता ईभेन्टकी अध्यक्ष सरिता आचार्यले जानकारी दिईन् ।
महा शिवरात्रीको अवसरमा फागुन २५ गते स्थानिय कलाकारहरुसहित डान्स प्लानेटको वेजोड प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रम गरिएको ईभेन्टकी कार्यक्रम संयोजक प्रमिशा पुरीले जानकारी दिईन् ।
भरतपुर भ्रमण वर्ष –२०२४ को अवसरमा मुकुन्दश्वर महादेव मन्दिर परिसर शिवघाट हाटबजार खेल मैदान आसपासका क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न विभिन्न समुदायका नृत्य, संस्कृति, भेषभूषाको प्रतिनिधित्व हुने गरी गरेर सांस्कृतिक कार्यक्रम गर्न लागि परेका अध्यक्ष आचार्यको भनाई थियो ।





















