भरतपुर – चितवनको भरतपुर ११ प्रगतिपथ टोल विकास सस्था स्थित लोटस एकेडेमी ( बोडिङ स्कुल) मा खेल महोत्सव आज (मङलबार) शुरू भएको छ ।
यहि माघ २६ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । भरतपुर ११ का कार्याबाहक वडा अध्यक्ष सीताकुमारी रनपाल प्रमुख अतिथी रहनु भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोपी कृष्ण मरासिनी विशेष अतिथी रहनु भएको थियो ।

विद्यालयका प्राचार्य ठाकुर प्रसाद रिजाल, प्रगतिपथ टोल बिकास सस्थाका सचिव तिलक अधिकारी, नौरङ्गे टोल विकासका अध्यक्ष डम्बर गुरुङ, कमलादेवी मन्दिर टोल विकास सस्थाका अध्यक्ष नबिन बाबु मरहट्टा, विद्यालय सञ्चालन समितिका सदस्य नवराज फुयाल, जयश्वर पोखरेल, मुकुन्द घिमिरे तथा शिक्षक अभिभावक संघका उपाध्यक्ष इन्दु गौतम, सदस्यद्वय इश्वरा तिवारी, तारा तिवारी लगायतका उपस्थितिमा मसाल बाली, विद्यालयको स्पोर्ट्स ब्यानर सहित सम्पूर्ण अतिथिहरूबाट बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।






















