गोरखा / आज साउन २३ गते शुक्रवार देखि गोरखामा चार दिन टेलिफोन र इन्टरनेट नचल्ने भएको छ ।
नेपाल टेलिकम, दुरसंञ्चार कार्यालय गोरखाले सुचना जारी गर्दै ल्याण्डलाईन टेलिफोन र एडिएसएल इन्टरनेट नचल्ने जनाएको छ ।
आज साउन २३ गते देखि २६ गते सम्म नयाँ प्रविधिमा रुपान्तरण गर्ने कार्य हुने भएकाले उक्त अवधिमा टेलिकमद्वारा बितरण गरिएको सबै लाईन अवरुद्ध हुने टेलिकमका प्रमुख चन्द्रबहादुर श्रेष्ठले बताए । काम छिटो सकिएमा छिट्टै सेवा सुचारु गरिने टेलिकमले जनाएको छ ।
टेलिकमले ग्राहकलाई पर्न गएको असुविधामा धैर्य गर्न आग्रह गरेको छ ।





















