काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा मङ्गलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको स्रोतले बतायो ।





















