काठमाडौं / सरकारले कोरोना भाइरसले धनी गरिब भनी नछुट्याउने भन्दै संक्रमणबाट सचेत रहन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सर्वसाधरणलाई यस्तो आग्रह गरेका हुन् । बाहिर जाँदा वा परिवारमा पनि स्वास्थ्य सुरक्षा पालना गर्नुपर्ने उनले बताए ।
उनले भने कोरोनाले धनी,गरिब भनेर छुट्याउँदैन । त्यसैले सबै सचेत रहैँ । सचेत भएमा केही कोरोना जोखिम कम हुने छ ।
उनले मन्दिर तथा बाहिर धेरै जमघट र भीडभाड नगर्न पनि आग्रह गरे ।
के हामी अनिवार्य मास्क लगाएका छौँ ? सामाजिक दूरी कायम गरेका छौँ ? के बस्तु छोएपछि साबुन पानीले मिचीमिची हात धोएका छौँ ? आज हामी घरमा यो प्रश्न गरिरहेका छौँ ।





















