काठमाडौं – माघ स्वास्थ्य बीमा बोर्डले बीमा अन्तर्गत रहेको ओपीडी र आकस्मिक टिकटको शुल्क घटाएको छ। बोर्ड आइतबार बसेको बैठकले माघ ८ गतेदेखि लागू हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो।
बैठकले पुरानो शुल्कलाई घटाउँदै नयाँ शुल्क निर्धारण गरेको छ। बीमामा आवद्ध भएका व्यक्तिको ओपीडी टिकट रु.५० र आकस्मिक सेवाको टिकट रु. १०० बनाईएको छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क थियो ।























