चितवन – नारायणगढको बिगबजारमा सन्चालित “बिगबजार नेपाली जुत्ताघर” मा ग्राहकको आकर्षण बढ्दै गएको छ । जुत्ताघरले नयाँबर्ष २०२४ को अवसरमा जुत्ताचप्पल खरिदमा ५० प्रतिशतसम्म छुट दिएसङ्गै उपभोक्ताको आकर्षण बढेको हो ।
जुत्ताघरमा नयाँ बर्ष २०२४ को अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । नेपालमै उत्पादित, स्वदेशी ब्राण्डको जुत्ताचप्प्लमा छुट पाएपछी ग्राहकको आकर्षण बढेको हो ।
एउटै छानामुनि २१ वटा शटरमा स्वदेशी ७ कम्पनीबाट उत्पादित चर्चित नेपाली ब्राण्डका ३ हजारभन्दा बढि मोडलका जुत्ताचप्पल छानीछानी किन्न पाइने भएकाले पनि “बिगबजार नेपाली जुत्ता घरमा” उपभोक्ताहरुको भीड बढेको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष एवं बिगबजार नेपाली जुत्ताघरका संयोजक नानीराज घिमिरेको भनाइ छ ।
भरतपुर महानगरपालिका – ४, लन्कुकी मनिषा सापकोटाले आफुले समाचारमा बिगबजारको जुत्ताघरमा स्वदेशी जुत्ताचप्पल पाईन्छ भन्ने सुनेपछी आफ्नो र भाईका लागि जुत्ताचप्पल किन्न आएको बताईन् ।

उनले एकै ठाउँमा सबै उमेर समुहलाई मिल्ने अफरसहित सुपथ मूल्यमा स्वदेशी ब्राण्डका बलियो जुत्ताचप्पल पाएको भन्दै खुशी व्यक्त गरिन् । यस्तै उनले जुत्ताचप्प्लमा ६ महिनाको ग्यारेन्टी समेत पाईएकाले आफु थप आकर्षित भएको बताईन् ।
उनले आफुले सोचे जस्तो जुत्ताचप्प्ल पाएको बताउदै नेपालमा बनेका जुनसुकै ब्रान्डका जुत्ताचप्प्ललाई पनि संरक्षण र त्यसको प्रयोग गर्न सबैलाई सुझाव समेत दिईन् ।
यस्तै नवलपुरको गैंडाकोटकी सुमित्रा शर्माले आफ्नो र छोराको लागि जुत्ताचप्पल किन्न आएको बताईन् । उनले बिगतका मेलामा आफुले लगेको जुत्ताचप्पल बजारको मुल्य भन्दा सस्तो, राम्रो र बलियो भएको भन्दै फेरी जाडोका लागि जुत्ताचप्पल किन्न आएको बताईन् ।
उनी मात्र हैन जुत्ताचप्पलले सबै क्षेत्र तथा बर्गका उपभोक्ताको ध्यान तानेको छ। नेपालमै उत्पादित गुणस्तरिय स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य सामाग्री खरिद गर्न दिनभर चितवन लगायत आसपासका जिल्ला नवलपुर, धादिङ, गोर्खा, तनहु, लमजुङ, मकवानपुरबाट आउने ग्राहकहरुको पनि बाक्लो उपस्थिती रहेको छ ।
जुत्ताघरले यही पुष १५ गतेदेखी नयाँबर्षको अवसरमा १ महिने अफर राखेको छ । यो अफर माघ १५ गतेसम्म रहने छ ।विगतमा आयोजना गरेका मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यही पुष ४ गतेबाट चितवनमा पहिलो पटक “बिगबजार नेपाली जुत्ताघर” सन्चालनमा आएको थियो ।

बिगबजार नेपाली जुत्ताघर सन्चालनमा आएसंगै नयाँबर्षको अफर राखिएको बिगबजार नेपाली जुत्ताघरका संयोजक नानीराज घिमिरे बताउछन् ।
उनले नेपालमा उत्पादन भएका नेपाली ब्राण्डका जुत्ताचप्पल आम उपभोक्ताहरुले प्रयोग गर्नुपर्छ र सबै नेपालीका खुट्टामा नेपालमै उत्पादित नेपाली ब्राण्डका जुत्ताचप्पल हुनुपर्छ भन्ने उदेश्यले जुत्ताघरले नयाँबर्षमा छुट अफर राखेको बताए ।
त्यस्तै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ नयाँ बर्षमा अफर राखिएको नेपाली जुत्ता उद्योगी समुहका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

उनले जुत्ताघरमा गुणस्तर र सुपथ मुल्यमा बिदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली कम्पनीका जुत्ताचप्पलहरु बिक्रि वितरण भईरहेको बताए । । जुत्ताघरमा मोर्डन देखि स्कुले विद्यार्थीहरुका लागि आवस्यक ड्रेसका जुत्ताचप्पल पनि उपलब्ध छ भने जुत्ताचप्पलमा ग्यारेन्टी समेत दिइएको छ ।
ग्राहकले जुत्ताचप्पलमा ६ महिनादेखि एक वर्षको ग्यारेन्टी पाउन सक्नेछन् । जुत्ताघरमा स्वदेशी ७ कम्पनी ( फस्र्ट वाक, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रन शु र टुरिष्ट शु ) का १५ भन्दा बढी ब्राण्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु पाउन सक्नेछन् ,जस्ले गर्दा ग्राहकहरुले आफुलाई मनपर्ने ब्राण्ड एवम् मोडलका जुत्ताचप्पलहरु छानीछानी किन्न सक्नेछन् ।





















