काठमाडौ / अनार खानाले बढ्दो उमेर संगै देखिने समस्या कम गर्छ र जवान रहन मद्दत गर्छ । यो फाइबर, भिटामिन सी र एन्डिअक्सिडेन्टको राम्रो स्रोत हो, जसले कमजोरी हुन दिदैन र मुटुसम्बन्धि समस्याबाट पनि बचाउँछ।
* यसमा पाइने आइरनले शरिरमा रगतको कमी (एनीमिया) हुन दिदैन।
* अनारमा पाइने भिटामिन सीले शरिरमा उर्जा दिन्छ साथै कमजोरी हुन दिदैन।
* अनारमा पाइने एन्टिअक्सीडेन्टस्ले डन्डिफोर कम गर्न पनि सहयोग गर्छ।
* अनारको जुस पिउँदा रोग प्रतिरोध क्षमता बढ्छ।
* अनारले मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ।
* अनारले शरिरको फ्याट कम गर्छ र तौल कम गर्न मद्दत गर्छ।
* अनारको जुसमा अधिक फाइबर हुन्छ। दैनिक अनार वा यसको जुस सेवनले पाचन प्रक्रिया ठिक रहन्छ साथै कब्जियत हुन पाउँदैन।
* अनारले शरिरमा कोलस्टोरको स्तर नियन्त्रणमा राखि मुटुको समस्याबाट बचाउँछ।
* यसमा अधिक पाइने भिटामिन ईले अनुहारमा चाउरी कम गर्छ।
* अनारमा भिटामिन ए प्रशस्त पाईन्छ। आँखाको ज्योतिको लागि अनार खानुस्।





















