हाम्रो बारेमा
हाम्रो बारे
सानदार अनलाइन , नेपाली भाषाको समाचार पोर्टल हो । ‘चेतना मुक्ति र समानताका लागि’ मूल मर्मका साथ निरन्तर लागिरहन हामी प्रतिबद्ध छौं ।
पन्ध्र वर्ष देखि पत्रकारितामा क्रियाशील हाम्रो टिम विभिन्न आरोह अवरोह खेप्दै छापा पत्रकारिता सँगसँगै पाठकको सुविधालाई ध्यानमा राखी अनलाइन पत्रकारितासम्म आइपुगेको छौं । यस अवधिमा हामीले मासिक, पाक्षिक, साप्ताहिक पत्रिका प्रकाशन समेत गरिसकेका छौं । हामीसँग अपसेट प्रेस सञ्चालन , पुस्तक प्रकाशन, पत्रकारिता तालिम सञ्चालन, पुस्तकालय सञ्चालन, साहित्यिक कार्यक्रमको अगुवाइ, सामाजिक कार्यक्रम लगायत विविध पक्षको अनुभव छ ।
जनयुद्ध, संक्रमणकालीन समय हुँदै अहिले गणतन्त्रको अवस्थासम्म आइपुगेका हामी सत्यतथ्य सूचनाको खेतीमा लागिरह्यौं र यसलाई अझ सशक्त रुपमा लैजान समाचार पोर्टलमार्फत उपस्थित भएका छौं । हामी सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्ध बनाउँदै आम नागरिकको जीवनमा खुशीयाली थप्न चाहन्छौं । हाम्रो मुख्य दायित्व आवाजहीन आम नागरिकको हक–अधिकारको रक्षा गर्दै सार्वजनिक पदमा रहेकाहरुको खबरदारी समेत गर्नु हो ।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी निरन्तर अविचलित रुपमा खडा रहनेछौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा जातीय र धार्मिक सद्भाव सम्बद्र्धनप्रति हामी समर्पित छौं ।
राष्ट्रिय राजनीतिक, सामाजिक, आर्थिक एवम् जनजीवन लगायतका मुद्दाहरुमा हामी विशेष केन्द्रित रहनेछौं । हामी ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, सांस्कृतिक गतिविधि, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु यस समाचार पोर्टलमा पोस्ट गर्दछौं । त्यसैगरी, विश्वभर छरिएर रहेका नेपालीहरुका हालखबर र अन्तर्राष्ट्रिय समाचारलाई समेत प्राथमिकता दिनेछौं ।















