काठमाडौं / भोलि साउन २२ गते विहिवार देखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।
अब काठमाडौं उपत्यकाका काठमाडौं , ललितपुर र भक्त्तपुरसहित ती जिल्लाहरुमा जोर विजोर प्रणाालीका आधारमा सवारी साधन चलाउन पाइने छ ।
गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी २ सय भन्दा बढी सक्रिय संक्रमित देखिएका जिल्लाहरुमा जोर विजोर प्रणाली लागू हुने जनाएको हो ।
काठमाडौं उपत्यका र कोभिड–१९ को २ सय भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि २२ गत ेदेखि लागू हुनेगरी जोर विजोर नम्बरका आधारमा मात्रै सञ्चालन गर्ने व्यवस्था गर्ने’ गृह मन्त्रालयको सूचनामा भनिएको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकासहित ६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। जसमा महोत्तरी, रौतटह, पर्सा, कैलाली र डोटी रहेका छन्।





















