काठमाडौं – विवाह समारोहमा अचानक वान्ता भएपछि उपचार गर्न अस्पताल लैजाँदै गर्दा पत्रकार महेन्द्र पाण्डेको बाटैमा मृत्यु भएको छ ।
बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका महेन्द्रको वान्तापछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो । महेन्द्रको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
महेन्द्र रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति थिए ।





















