चितवन । भरतपुर महानगरपालिका कृषि तथा पशु पन्छी ब्यवसाय प्रवद्धन शाखा पशु सेवा केन्द्र पटिहानी र रारा कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा भरतपुर –२१ पहारिलो टारमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको थियो ।
शिविर कार्यक्रम रारा कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिनाथ बरालको अध्यक्षतामा तथा वडा अध्यक्ष कृष्ण कुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त शिविरमा डा. नवराज चापागाई , डा. दिपेश के सी , डा. आर्शिवाद पोखरेल , पशु चिकित्सक श्यामराज देवकोटा लगायतको प्राविधिक टोलीले ३ वटा भैसी , २५ वटा गाईको बाझोपनको उपचार गरिएको थियो । ५ वटा गाईको थुनेलो उपचार , ३ वटा गाईमा कृत्रिम गर्भाधान १६६ वटा बाख्रा , १०८ वटा गाई , ४३ वटा भैसी , ८ वटा कुकुर र ५४ वटा कुखुराको परिक्षण तथा निशु्ल्क औषधि वितरण गरिएको थियो । पशु विशेषज्ञ डा. नवराज चापागाईले अधिकांश पशुमा पोषण युक्त आहारको कमी देखीएको परजिवि नियन्त्रण गर्न कृषकहरुलाई सल्लाह दिएका छन् ।
उक्त शिविर कार्यक्रम पशु सेवा केन्द्र पटिहानीका प्रमुख प्रकाश ढकालको संयोजकत्वमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा पशु सेवा केन्द्र पटीहानीको आयोजना र रारा कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा सम्पन्न भएको थियो ।


























