रत्ननगर – रत्ननगर वडा नं १३ जयमंगलमा रहेको पन्चकन्या माविको शिक्षक अभिभावक संघको अध्यक्षमा सामाजिक अभियान्ता केपिकिरण शर्मा चयन भएका छन् ।
शुक्रबार सम्पन्न विद्यालयका अभिभावकहरुको भेलाले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
शिक्षक अभिभावक संघको सदस्यहरुमा दया श्रेष्ठ, सीता पुडासैनी, मालती महतो, सुनिता घिमिरे, दुर्गा पाण्डे, कल्पना गुरुङ, ज्ञानु उप्रेती, कोपिला श्रेष्ठ र सदस्य सचिवमा प्रधानाध्यापक रमेश खनाल चयन भएका छन् ।
सो अबसरमा नवनिर्वाचित अध्यक्ष शर्माले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि दत्तचित्त भएर लागि परेको प्रतिबद्धता जनाए ।





















