चितवन : सन्निकट भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरेर महानगरपालिकालाई ‘साइडबोट’ उपकरण उपलब्ध भएको छ । छ । चीनको सिआन सिटीका प्रतिनिधिहरूले बिहीबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साइडबोट उपलब्ध गराएको हो ।
‘साइडबोट’ एआई प्रविधिजडित तस्बिर तथा दृश्य कैद गरेर स्टोर गर्ने उच्चस्तरको क्यामेरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरको कार्यालयमा हस्तान्तरण गरेको थियो । यसले १० किलोमिटरसम्मको दूरीका दृश्यहरूलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।
सिआन सिटीका चेम्बर अफ कर्मशका सेक्रेटरी डा. ऊ जिन र कग्निसर कम्पनीले भरतपुरमा उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने छ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने कम्पनीको योजना छ ।
भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने छन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर भरतपुरको प्रसारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख सात पर्यटकीय गन्तव्यसहित तीन् दर्जनजति पर्यटकीय स्थालहरू रहेका छन् ।





















