काठमाडौँ । प्रहरीले राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्याएर जोख्ने काम भइरहेको र त्यसअघि एकिन परिमाण आउनेछ ।





















