काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन पसललाई कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने ४ पसललाई कारबाही स्वरुप २० हजार जरिवाना गरेको हो ।
विभागले आइतबार उपत्यकाका १४ व्यापारिक फर्ममा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा भिमसेनगोलाको खाद्यवस्तु पसललाई ५ हजार जरिवाना गरिएको छ । यो पसलले नियमबमोजिम राख्नुपर्ने बिलबिजक नराखेको पाइएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
यस्तै, सिनामंगलकै इलेक्ट्रिक पसललाई १० हजार र काठमाडौँको अन्य पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको जनाइएको छ । यी तीन वटै पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको विभागले जनाएको छ ।





















