गोरखा – गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठको सरुवा भएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट वरिष्ठ कन्सल्टेन्ट अक्स्ट्रेटिक्स तथा गाइनाेकाेलिजष्ट (दशौं तह)का श्रेष्ठको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काज सरुवा गरेको हो ।
माघ, २०७८ मा अस्पतालमा कन्सल्टेन्ट अक्स्ट्रेटिक्स तथा गाइनाेकाेलिजष्टका रूपमा भित्रिएका डाक्टर श्रेष्ठ पछिल्लो समय विवादित भएको भन्दै गुनासो बढेपछि मन्त्रालयले सचिव स्तरकाे निर्णय गर्दै काज सरुवा गरेको हो ।





















