ईच्छाकामना – चितवनको ईच्छाकामना वडा नं ७ भालुमारामा बृहत् स्वास्थ शिविर गरिएको छ। नेकपा माओबादी समर्थित राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन चितवनकाे आयोजनमा साे स्वास्थ्य शिविर आयोजनमा गरिएको हाे।
साे अबसरमा विभिन्न ९ बिधाका चिकित्सकहरु र स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका थिए। “जनतासंग अस्पताल”अभियानका अभियान्ता डा.भाेजराज अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा स्वास्थ्यशिविर गरिएको जानकारी दिए ।

डा.अधिकारी केही महिना अगाडिदेखि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै ग्रामीण क्षेत्रमा जान सुरु गरेका हुन् । उनले ईच्छाकामनाकाे वडा नं ७ भालुमारा क्षेत्रमा पनि दम,सुगर,प्रेसर अादिका बिरामी बढि भएको बताए ।

नेकपा माओबादीका केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताए ।
स्वास्थ्य शिविरमा सेवालिन आएका स्थानीय जुल्फे थापा मगरले यसरी गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा गाउँलेहरु निकै खुशी भएको बताए । त्यस्तै सेवाग्राही लक्ष्मण तामाङ निरन्तर बिरामी पर्दा समेत भरतपुर जान नसकिरहेको उल्लेख गर्दै गाउँमै डाक्टर पुगेर जाँच्न पाएकाेमा दङ्ग भए ।

स्थानीयले यस्ता स्वास्थ्य शिविर सरकारी तहबाटै नियमित गर्न अनुरोध समेत गरेका छन्। स्वास्थ्य जाँच गरी औषधी आवश्यक पर्ने बिरामीको लागि ३ महिनाकाे औषधी निशुल्क वितरण गरिएको थियाे।






















