काठमाडौँ । पार्टी एकतासम्बन्धी नेसपाको निर्णयले माओवादी केन्द्र उत्साहित बनेकाे छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता गर्ने नेसपाको निर्णयलाई स्वागत गरेका छन् ।
नेसपाकाे बुधबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी घटकसँग एकता र धुर्वीकरण गर्ने सर्वसम्मत निर्णय गरेको थियो । माओवादीसँग तत्काल एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति समेत गठन गरेको छ ।
बाबुराम सहित सिंगो पार्टी एकता प्रक्रियामा आउने निर्णयको स्वागत गर्दै एकता प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छिट्टै पार्टीको बैठक बस्ने पार्टी प्रवक्ता समेत रहेका सापकोटाले बताए ।
पर्टी अध्यक्ष तथा प्रधानमन्त्रीकै नेतृत्वमा एकता समायोजन समिति बनाउने विषयमा पार्टीले निर्णय गर्ने उनको भनाइ छ । उक्त निर्णयको स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने सापकाेटाले बताए ।
गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच भेटवार्तामा शीर्ष नेतृत्वमै एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।





















