कपिलवस्तु / नेपालबाट अवैध रुपमा नेपाली रुपैयाँ भारत लैजाने काममा संलग्न एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
भारतबाट लुकिछिपी नेपाल आउँदै गर्दा मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनार समातिएका हुन्।
सोनारबाट प्रहरीले १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। मायादेवी–४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् उनी ठूलो रकमसहित फेला परेपछि सशस्त्र प्रहरीले सोधपुछ गर्दा रकमको स्रोत बताउन नसकेपछि नियन्त्रणमा लिएको थियो।
उनी सुन तस्करीमा संलग्न हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ। सोनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीले बताए।





















