चितवन । दशबर्षे जनयुद्धका क्रममा पति गुमाउनु परेका चितवनका साहित्यसर्जक गजलकार अम्बिका पोखरेल कार्की (अमु ) ले पति वियोगको २५ वर्षपछि पारिवारिक सहमतीमा दोस्रो बिवाह गर्नुभएको छ ।
नेपाल प्रहरीमा कार्यरत पति ओम कार्कीको २५ वर्षअघि माओवादीको आक्रमणमा परी मृत्यु भएसंगै एकल महिलाको रूपमा उहाँले आफ्ना एक छोरीको सबै जिम्मेवारी पूरा गर्नुभएको थियो ।
छोरीलाई उच्च शिक्षा दिएर बिवाह गरेपछि आफूले थप जिम्मेवारी लिने निणर्य सहित बुटवल मंगलापुर निवासी पत्नी वियोगको पीडा खेपिरहेका तीन छोरीका पितासंग उहाँले बिवाह गर्नुभएको हो ।
परिवारका सदस्यहरूको सहमति र उपस्थितिमा शुक्रबार बिवाह बन्धनमा बाँधिनुभएकी अम्बिकाले जिन्दगी नयाँ बाटोमा हिडेँको सार्वजिनक रूपमै जानकारी दिनुभएको छ । अढाई दशकको एकल जीवनपश्चात विवाह गर्नुभएका उहाँलाई सबैले बधाईसहित शुभकामना दिएका छन् ।

अम्बिका कार्कीले फेसबुकमा लेख्नु भएको छ –
आजबाट यो जिन्दगी नयाँ बाटोमा हिड्यो। मैले दोस्रो बिवाहा गरेँ। जिन्दगी सोचेजस्तो नहुने रहेछ ।१६ बर्सको उमेरमा मैले पहिलो बिवाहा गरेकी थिएँ। २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ।
नेपाल प्रहरीमा कार्यारत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ । यो दौरानमा आर्थिक ,सामाजिक ,राजनितिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् ।
सन्तानको लागि मैले जानी नजानी ,सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ।
त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवस्यकता खड्किन थाल्यो । मनले साथीको आवस्यकता महसुस गरेकै बेला परिवारिक थ्रो बाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ ।
मेरो पहिलो घर ,माइती ,मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापुर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ । अब हामी चार वटी छोरीको माता पिता भएका छौं ।
हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्नेनैछु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे( ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो। समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो । (हजुरहरू सबैलाई यो मेरो निर्णय चित्त नबुझ्न सक्छ कृपया केही लेख्नु अघि आफ्नो श्रीमती , आमा ,दिदीबहिनी ,भाउजू ,बुहारीलाई मेरो ठाउँमा राखेर दुई सेकेन्ड सोचेर मात्र लेखिदिनू होला हवस् त धन्यवाद ।)