काठमाडौं / काठमाडौं उपत्यकामा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरि ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको
हो ।
उनका अनुसार काठमाडौंमा ४८ जना भक्तपुरमा १३ जना तथा ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि साउन १३ गते काठमाडौंमा एकैदिन ५३ जना कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घन्टामा नेपालमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
























