काठमाडौं । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. श्रीराम तिवारीलाई दिईएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई मेसुको जिम्मेवारी दिनु भएको हो ।
यसअघि अस्पतालमा प्रा. डा कृष्ण पौडेल मेसु हुनुहुन्थ्यो । डा. पौडेल १०औं तहका चिकित्सक हुनुहुन्छ भने डा. तिवारी ११औं तहका हुनुहुन्छ । डा. तिवारी वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।





















