चितवन । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्।
२०८० जेठ १४ गते गत गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर जेलमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरी पक्राउ परेका हुन्।
युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पुनः पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती माग गर्ने ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन्।
थापा यसअघि पटक पटक कैदको सजाय पाएका व्यक्ति हुन्।
पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।
























