काठमाडौं । दशैको समयमा बिहानै भुमम्प गएको छ । धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएकाे छ । आज विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु धादिङको बजार रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडाैं उपत्यका, धादिङ, काभ्रे, नुवाकोट, कास्की , चितवन लगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।





















