काठमाडौं – चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडी तथा अफिसियलाई कतारमा रोजगारीको सिलसिलमा रहेका पूर्व खेलाडी लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का आजिवन सदस्य टेकप्रसाद गोतामे (ज्याकी चेन) ले सहयोग गरेका हुन्।
११ खेलाडीसहित चार अफिसियललाई उनले ट्र्याक उपलब्ध गराएका हुन्। उनले उपलब्ध गराएको सहयोग तेक्वान्दो खेलाडी तथा प्रशिक्षक एलिना शाही ठकुरीले हस्तान्तरण गरेकी थिइन्।
गोतामेले एसियाली खेलकुदमा नेपाली खेलाडीले पदक जित्नेलाई २,२९,००० रुपयाँ वरावरको पुरस्कार दिएका छन् ।
त्यसअघि तेक्वान्दो संघले एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई विदाइ गरेको थियो।
एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (८० केजीमुनि) र ज्याकी यादव (८० केजीमाथि) रहेका थिए ।
महिलामा अन्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) छन्। पुम्सेमा प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङले भाग लिएका थिए ।
गोतामेले यसअघि नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप नाइकी ब्रान्डको किट्स ब्याग सहयोग गर्न पहल गरेका थिए। उनको पहलपछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले फुटबल खेलाडीलाई किट्स ब्याग उपलब्ध गराएका थिए।
नेपाली महिला फुटबल टिमलाई यसअघि पनि बूट सहयोग उपलब्ध गराएका ज्याकी चेनले उदयपुर जिल्ला ह्यान्डबल संघलाई २० थान बल सहयोग गरेका थिए।
उनले फागुनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई फुटबल बुट सहयोग स्वरुप प्रदान गरेका थिए । उनले एडिडास ब्रान्डको करिब एक लाख रुपैयाँ बराबरको बुट पनि सहयोग प्रदान गरेका थिए।
लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का आजिवन सदस्य गोतामेद्धारा तेक्वान्दो खेलाडीलाई कतारबाट सहयोग
लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का आजिवन सदस्य गोतामेद्धारा तेक्वान्दो खेलाडीलाई कतारबाट सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















