काठमाडौं / कोरोना संक्रमण बढिरहेका बेला परीक्षाको पूर्व सूचना जारी गरेको त्रिभुवन विश्वविद्यालयले भदौ ८ बाट हुने भनिएको परीक्षा स्थगन भएको जनाएको छ।
भदौ ८ बाट तोकिएको स्तानक तहको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ। अर्को सूचना जारी नहुन्जेल सम्मका लागि परीक्षा स्थगित भएको हो।
विद्यार्थीहरु आउनसक्ने अवस्था समेत नरहेको भन्दै त्रिविले हाललाई परीक्षा स्थगित भएको सूचना मार्फत जनाएको छ। कोरोना संक्रमणका घटना बढ्दै गएपछि केहि जिल्लामा निषेधाज्ञा गरिएको छ।





















