चितवन – चितवन मोबाइल व्यवसायी संघले चाडपर्व लक्षित बम्पर उपहार कार्यक्रम ल्याएको छ । जस अन्तर्गत कुनै पनी मोवाईल पसलबाट एक हजार भन्दा बढिको सामान खरिद गर्ने ग्राहकहरुलार्ई कुपन प्रदान गरिने छ भने लक्की ड्र मार्फत स्मार्ट वाच, टिभि, फ्रीज, सुनको औँठी एवंम् बम्पर उपहारमा स्कुटी उपहार राखिएको छ ।
असोज १४ गते आइतबार चितवन मोबाइल व्यवसायी संघको फेसबुक पेज मार्फत उपहार कार्यक्रमबारे जानकारी गराइएको थियो । चितवन मोबाइल व्यवसायी संघका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न उक्त उपहार घोषणा कार्यक्रममा मोवाईल व्यावसायी महासंघका केन्द्रीय सदस्य दिपक प्रसाई लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
असोज १३ गते आइतबारबाट लागू हुने गरी उपहार कार्यक्रम सुरु भएको मोबाइल व्यवसायी संघ चितवनका उपाध्यक्ष विक्रम कंडेल विकुले बताए ।
१ हजार रुपैयाँदेखी माथीको सामान खरिद तथा मोवाईल मर्मतमा निशुल्क उपहार कुपन दिइने बताउदै उनले कुनै पनी मोवाईल पसलबाट एक हजार भन्दा बढिको सामान खरिद गर्ने ग्राहकहरुलाइ उक्त कुपन लिन आग्रह समेत गरेका छन् ।
उपहार कुपन मंसिर ०६ गते सम्म लागु हुनेछ भने मंसिर ७ गते उपहार खोलिने अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए । उपहार लिन अर्धकट्टी अनिवार्य लिएर आउनुपर्ने उपहार कार्यक्रम संयोजक सुरेश भट्टराइले जनाए ।





















