चितवन – भतरपुर महानगरपालिका वडा नम्बर–२६ आर्दश माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आर्दश माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा मस्तिष्क पक्षघात स्रोत केन्द्रको आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
यसौ गरी भरतपुर महानगरपालिका वडा नम्बर–१० पनि बिगतमा बालमन्दिर अटिजम विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालय स्थापन गरेको हो । आर्दश मावि प्राङगणमा रहेको भवनलाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरेकाले महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।
यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोत साधन महानगरपालिकाको तर्फबाट उपलब्ध गराउने प्रमुख दाहालले प्रतिवद्धता व्यक्त गर्नु भयो। महानगर प्रमुख दाहालले ५ वर्षअघि आर्दश माविमा विद्यार्थीको संख्या क्रमश घट्दो क्रममा रहेको थियो भने अहिले ३ सय संख्या थप भई ७ सयको हाराहारीमा संख्या पुगेको बताउनुभयो ।
महानगरपालिकाले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय वृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गर्नु उहाँको भनाई थियो ।स्रोत केन्द्रमा अहिले पश्चिम चितवनका १० जनाले सेवा लिईरहेका छन् । स्रोत केन्द्रले मस्तिष्क पक्षघात भएकाहरुलाई शारीरिक व्याम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ ।
स्रोत केन्द्रका लागि एक जना शिक्षक र आयाको पनि व्यवस्था गरिएको छ ।कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।





















