चितवन / सालको काठ दाउरा ढुवानी रोके पछि पवित्र तीर्थस्थल देवघाटमा शव दाहसंस्कार गर्न दाउराको अभाव भएको छ ।
सरकारले तराईका जिल्लामा काठमा अनियमितता भएको भन्दै ढुवानीमा रोक लगाएपछि अभाव भएको हो ।
देवघाट क्षेत्र विकास समितिले गत चैत १० गते जिल्ला वन पैदावर आपूर्ति समिति नवलपरासीबाट सालको दाउरा खरिद गरी ल्याउने तयारी गर्दै गर्दा लकडाउनले रोकिएको थियो ।
समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार चैत ६ गते खरिद गरेर १० गते छोडपूर्जी समेत प्राप्त भएको भए पनि ल्याउन सकिएको थिएन । पछि जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले सालका काठ दाउरा ढुवानीमा रोक लगाएपछि ल्याउन नपाईएको उहाँले बताउनुभयो ।






















