चितवन – ओलि एण्ड एशोसियट्स चितवनले यहि भदौ १७ गते ” ग्लोबल एजुकेसन एक्स्पो २०२३” गर्ने भएको छ ।
एक्स्पो बिहान ११ बजेदेखी साझ ६:०० बजेसम्म लायन्सचोक नारायणगढ स्थित आफ्नै कार्यालयमा संचालन हुनेछ ।
एक्स्पोमा अस्ट्रेलिया, क्यानडा, युके, यु एस ए र न्युजिल्यान्डमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु आइ उक्त देशका कलेज युनिभर्सिटीको बिषयगत पढाई, हालको नियम कानुन, कल्चर आदिका बिषयमा विद्यार्थीहरुलाइ प्रत्यक्ष रुपमा जानकारी दिनेछन् । वैदेशिक शिक्षाका लागि बैन्किङ्ग प्रोसेस कसरी गरिन्छ कस्ता प्रावधानहरु पूरा गर्नुपर्छ भन्ने बिषयमा प्रत्यक्ष जानकारी दिन दुईवटा बैंकको स्टल पनि रहने छ ।
एक्स्पो २०० देखि २५० जनाले अवलोकन गर्ने अनुमान गरिएको बताउदै आफ्नो नाम रजिस्टर गर्ने पहिलो ५० जना सहभागीहरुलाइ बिशेष उपहार र सम्पुर्ण सहभागिहरुलाइ समेत केही न केही उपहार दिइने ब्यवस्था रहेको चितवन शाखाका प्रवन्ध निर्देशक कमल रिजालले जानकारी दिए।
बिगत २१ बर्षदेखी शैक्षिक परामर्श दाता सस्थाको रुपमा सेवा दिदै आइरहेको ओलि एण्ड एशोसियट्सले नेपाल, अस्ट्रेलिया र भुटानमा गरि ३ वटा देशमा १५ वटा शाखा बिस्तार गरिसकेको छ, चितवनमा भने १२ बर्ष अघिदेखी आफ्नो सेवा शुरु गरेको रिजालले जानकारी गराए ।






















