चितवन । पुर्खाैली घर गोरखा भै हाल चितवनको विभिन्न स्थानमा रहि पत्रकारिता कर्ममा सँलग्न रहेका पत्रकारहरु बिच पारिवारिक सद्वभाव र मित्रतामा थप एकताबद्ध हुने उद्धेश्यले गोरखा चितवन पत्रकार समाज’ गठन भएको छ ।
चितवन त्यसै पनि गोरखाबाट बसाइँ सरिआउने मानिसहरुको बाक्लो बस्ति रहेको जिल्ला हो । चितवनमा पत्रकारिता कर्म गरिरहेका मध्ये करिव ५० को हाराहारीमा गोरखाली पत्रकार रहेको तथ्यांक रहेको पत्रकार महासँघका चितवन अध्यक्ष समेत रहनुभएका पत्रकार नारायण प्रसाद अधिकारी बताउनुभयो ।

लामो समयदेखि पत्रकारिता कार्यमा सँलग्न रहनुभएका पाका पत्रकार चिन्तामणी पौडेल, नारायण अधिकारी , शान्ता अधिकारी , कृष्णप्रसाद खनाल , सन्तोस देवकोटा देखि भर्खरै पत्रकारिता कर्ममा लाग्दै गरेका युवा पत्रकारकर्मी सम्मको उपस्थिति रहेको भेलाले भाद्र १६ गते धावन पाटी प्यालेसको गण्डकी सभाहलमा सम्पन्न भयो ।
भेलाले पत्रकार नबिन बाबु मरहट्टा को सँयोजकत्वमा ९ सदस्य ‘ गोरखा चितवन पत्रकार समाज’ को तदर्थ समिति गठन गरेको छ । समितिका सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट रोसी ,लक्ष्मी, ढकाल,सनद अधिकारी,सुनिल पराजुली ,रवि रेग्मी , तुलमान गुरुङ ,सरोज उपरकोटी रहेका छन्। समितिले आगामी दिनमा बृहत भेलाकोआयोजना गरि कार्यक्रम तयार पार्नुका साथै समाजको सँस्था दर्ता प्रकृयाका लागि आवस्यक परामर्श र छलफल थालनी गरिने नवनिर्मित समाजका अध्यक्ष नविनबाबु मरहट्टाले बताउनुभयो । गठित समाज नितान्त समाजिक एकता र सद्भावमा केद्रित रहि गोरखाली चितवने पत्रकारहरुको साझा र गौरवपूर्ण थलोको रुपमा विकाश गरिने पत्रकार कृष्ण खनालले बताउनुभयो ।





















