विगत १० वर्षदेखि विभिन्न बैंक, वित्तिय संस्था, उद्योग तथा श्रम आवश्यक पर्ने संघसंस्थालाई आवश्यक मानव श्रम शक्ति उपलब्ध गराई रहेको Delta four Security and Training Service PVT. LTD. ( डेल्टा फोर सेक्युरिटि एण्ड टेनिङ्ग सर्भिस प्रा. लि. ) ले हालसम्म दुई हजारभन्दा बढी व्यक्तिहरुलाई श्रम बजारमा पठाइसकेको छ । विभिन्न कम्पनी तथा संस्थाहरुलाई आवश्यक पर्ने सुरक्षा गार्ड तथा विभिन्न प्रकृतिका काम गर्ने मानव श्रमको माग भै आएमा संस्थालाई आवश्यक र उपयुक्त मानव श्रम उक्त बजारमा पठाउने गरेको बताउनु हुने भोजराज दाहाल सो संस्थाको प्रबन्ध सञ्चालक हुनुहुन्छ ।
नेपाली युवाहरु विदेश पलायन भइरहेको अवस्थामा नेपालका सडक–भवनदेखि सडक पुल निर्माणसम्ममा काम गर्ने मानव शक्तिको ठूलो हिसा भारतीय लगायत अन्य मुलुकका श्रमिकले कब्जा जमाउँदै गइरहेको र नेपाली श्रमले बजार पाउन कठिन भइरहेको अवस्थामा यस्ता मेन पावर सप्लाई गर्ने कम्पनीहरुको अवस्थाको बारेमा अध्ययन गर्न डेल्टा फोरका सञ्चालक दाहालसँग चितवन ज्योति साप्ताहिकका लागि प्रकाशक / प्रधान सम्पादक नबिन बाबु मरहट्टाको साथमा सम्पादक पत्रकार कृष्ण खनालसँगको कुराकानीको सम्पादित अंशः

भोजराज जी नमस्कार , श्रम बजारमा काम गर्ने चाहिँ भारतीय मूलका जस्ता देखिने धेरै छन् । देशमा भएका युवाजति विदेशीदैछन् तपाईहरु भने म्यानपावर सप्लाई गर्ने कम्पनी सञ्चालन गरेर बस्नु भएको छ के हो यो मेनपावर सप्लाई भने, अनि कहाँ कहाँ सप्लाई गर्नुहुन्छ, कति भयो काम थालेको ?
विगत २०७१/ ७२ देखि यो संस्थाले काम गरिरहेको छ । प्रदेश कार्यालय हेटौंडाको श्रम कार्यालयबाट स्वीकृत लिई यस प्रदेश भित्रका विभिन्न जिल्लामा रहेको उद्योग, कलकारखाना, वित्तिय संस्था, स्वास्थ्य संस्था जस्ता उद्योग तथा कार्यालयहरुमा आवश्यक मान श्रम शक्ति उपलब्ध गराउनु हाम्रो पहिलो उद्देश्य र कार्य क्षेत्र हो । सुरक्षा गार्डसहित विभिन्न किसिमका मानव श्रम आवश्यक पर्ने संघसंस्थाहरुले आफूलाई आवश्यक श्रमिकको मागका आधारमा सो संस्थालाई आवश्यक मेन पावर उत्पादन गरी आपूर्ति गर्ने हाम्रो कार्यभित्र पर्दछ ।
एउटा महत्वपूर्ण विषय उठान गर्नु भएको छ । त्यो हो नेपाली बजारका कैयन क्षेत्रमा विदेशी श्रमिकको उपस्थिति हुने अवस्था नेपाली अर्थतन्त्रलाई प्रभाव पार्ने विषय हो । सडक पुल भवन लगायत धेरै क्षेत्रमा विदेशी कामदारहरु प्रयोग भएका छन् । यस्तो हुन ति काम गर्ने पेटी ठेकेदार विदेशीसँग संगत भएका हुन्छन् उनीहरुले उतैबाट श्रमिक ल्याउँछन् श्रमिक ल्याउँदा एक त यहाँका श्रमिकको काम गराउने मान्छेसँग संगत नहुँदा काम पाउँदैनन् । अर्को कुरा भारत लगायतका देशबाट आएका श्रमिकले पाएको ज्याला तलब खानामा बाहेक सबै पैसा विदेश जान्छ । सामान्यतय हेर्दा बाहिरको मेनपावले काम गर्दा खासै केही देखिदैन तर हिसाब गर्ने हो भने हामो देशका ठूलो रुपैया विदेशी श्रमिकले नेपालमा काम गरे वापतको रकम विदेशिन्छ । यसमा कसले चासो लिने भन्ने महत्वपूर्ण विषय हो ।
तपाईहरुले कसरी कामदार भर्ति गर्नु हुन्छ कुन विधिले श्रम बजारमा पठाउनु हुन्छ त ?
मुख्य कुरा यही नै हो । सामान्य भाषामा भन्नु पर्दा विभिन्न संघ संस्थालाई कामदार चाहिन्छ । उनीहरुले हामीालई यो कामका लागि यस्तो योग्यता भएको कामदार चाहियो भन्ने माग राख्दछन् । हामीले पनि यस्तो योग्यता भएको कामदार आवश्यकता भनेर श्रमिक माग गर्दछौं । श्रमिकहरु छनौट गर्दा योग्यता पुगेका मेनपावर पाइन पनि सक्छ नपाउन पनि सक्छ । यदि योग्यता क्षमता नभएका श्रमिक कामको खोजीका लागि आएमा हामी ती श्रमिकलाई कामको प्रकृति हेरेर तालिम÷प्रशिक्षण तथा शिप सिकाएर योग्य जनशक्ति तयार पार्दछौ र आवश्यक संघ÷संस्थामा माग अनुसार आपूर्ति गर्दछौं ।
आपूर्ति गरिएका श्रमिकको तलब सुविधा चाहि कसले कसरी व्यवस्थापन गर्दछ त ?
हामीले श्रमिक माग गर्ने कम्पनीसँग सो कामका लागि श्रमिक उपलब्ध गराउने भन्ने सम्झौता र श्रमिक र हामी बिच सेवा सुविधाको सम्झौता हुन्छ । त्यहि बिचको रकमबाट श्रमिकलाई हाम्रो कम्पनीले सेवा सुविधा दिने र श्रममा लगाउने र संस्था सञ्चालन गर्ने काम गर्दछ ।
कस्तो छ त नेपाली श्रम बजार ?
हामीसँग दुई खाले श्रम बजारसँग कारोबार हुन्छ । एउटा श्रमिक रहेको घर गाउँ र अर्को ति श्रमिक गएर सेवा गर्ने स्थान र सेवा दिनुपर्ने स्थान ।
अहिले दुवै बजार संकटमा छ । श्रमिकहरु विदेशिने क्रम बढेको सर्वविधितै छ । १२ कक्षा पढेको जापान, युके, अमेरिका, कोरिया कम पढेका खाडी मुलुक, सैनिक प्रहरी सेवाबाट निवृत्त भएकाहरुसमे पैसाको खोजीमा विदेश जानुपर्ने भएपछि दक्ष र दक्ष बन्न सक्ने जनशक्ति नै पाउन कठिन । अर्कोतर्फ भएका उद्योग धन्दा, कलकारखाना, बैक, सहकारीधमाधम बन्द र मर्ज हुन थालेपछि पठाएकै श्रमिक पनि फिर्ता आउन थाले । बजार खम्चियो र लथालिङ्ग भयो ।
यस्तो हुनमा कस्को र के कारण होला त ?
मुख्य कुरा सबैतिर लागेको आर्थिक मन्दी नै हो भएका कलकारखाना उद्योगधन्दा, बैंक, वित्तिय सहकारी तथा उद्योगहरु चल्नै नसक्ने गरी थला पर्दै छोडदै वा गाभिँदै छन् । ति संस्थाहरुले समेत खर्च धान्न नसकेका कारण कर्मचारी कटौती गर्नुपर्ने अवस्थामा पुगे, अर्कातर्फ राज्यले कुनै पनि संघ संस्था तथा कम्पनीको संरक्षण र स्थापनामा पहल नै नगर्ने उत्पादनको क्षेत्रमा कुनै पनि काम नहुने र भएका कम्पनीलाई बैंक तथा वित्तिय सहयोगमा कुनै पनि निकायले सरक्षा र साथ नदिने भएपछि श्रमिक खपत हुने संख्या नै बन्द हुन थाले । फेरि युवाहरु विदेश जाने र साथमा पढ्ने बहानमा अरबै रुपैयाँ विदेश लैजाने अवस्थामा राज्य झन नागरिक पलायन भएकोमा हाइ सुख्ख ठान्ने प्रवृति झन् खतरानाक हुँदैछ । देशमा उद्योग धन्दा, कलकारखाना, वित्तिय संघसंस्था स्कुल कलेज खुले पो रोजगारी सिर्जना हुन्छ र हामी जस्ता मेनपावर सप्लायर्सहरुले श्रम सप्लाई गर्ने अब त यो पेशा पनि संकटमा छ ।
यो पेशा भित्र देखिएको अरु समस्या नि केही छ ?
छ प्रशस्तै छ । सबैभन्दा ठूलो समस्या केन्द्रमा दर्ता भएका सेक्युरिटी सप्लायर्स तथा सो कम्पनीहरुले जिल्ला जिल्लामा कन्ट्याक्ट अफिस राख्ने र जस्तो पनि मेनपावर श्रम बजारमा पठाइदिँदा श्रमिकले उपलब्ध गराउने श्रमको गुणस्तरमा कमी आउने भएका कारण प्रदेश वाइज कार्यालय हुने र एउटा कम्पनीले प्रदेशभित्र नै श्रम सप्लाई गर्ने वातावरण हुने हो भने व्यवस्थापन गर्न सजिलो र सेवा प्रभावकारी हुने हुन्छ । अर्काे कुरा यो सामाजिक सुरक्षामा जाँदा मजदुर आफनै पैसाको व्याज तिर्नु पर्ने, थोरै रकम लिन जाँदा खर्च भइ रकम सकिने र आफ्नै पैसा काटिनुका साथै ३ वर्ष भन्दा कम समय काम गरेर काम छाड्ने श्रमिकको हकमा सुविधा समेत नपाउने अवस्थाले समस्या पारेको छ । ६० वर्ष पछि पाइन्छ भनेर आज त्यो पनि थोरै रकम लगानी ग¥यो त्यो खतरा हुन्छ जस्तो छ । आफूले जम्मा गरेको रकम फिर्ता लिदा विभिन्न शिर्षक राखेर रकमै कट्टा गर्ने व्यवस्था पनि श्रमिकको हितमा झण्झट नै देखियो ।
अहिले त नविकरण गर्दा नै अनिवार्य सामाजिक सुरक्षामा जान भनिएको छ । यो व्यवस्थाले कम्पनीलाई थप व्ययभार परेको छ ?
संस्था दर्ता तथा सञ्चालन तर्फ फर्कौं कसरी र कहाँबाट स्वीकृत लिएर डेल्टा फोर जस्ता संस्था सञ्चालित हुन्छन् ?
राष्ट्रिय स्तरमै काम गर्ने संस्थाले केन्द्रमा नै हल गर्नु पर्दछ । केन्द्रमा दर्ता गर्ने संस्थाले ६० लाख र प्रदेशमा दर्ता हुने संस्थाले १५ लाख धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । ठेल्टा फोर बागमती प्रदेश हेटौडामा दर्ता भइ चितवनको भरतपुर स्थित विरेन्द्र क्याम्पस रोडमा कार्यालय भइ यस प्रदेश भित्रका जिल्लाहरुमा सुरक्षा गार्ड लगायतका म्यान पावर आपूति गर्ने गर्दछ ।
राज्यका विभिन्न क्षेत्रमा चाहिने श्रम जनशक्ति सप्लाई गरी सैयौं बेरोजगारलाई रोजगारी उपलब्ध गराउनु भएको छ, कतिको सन्तुष्टि हुनुहुन्छ यो व्यवसायमा ?
दिनदिनै यस्ता पेशाहरु धरापमा पर्दैछन् । भएका उद्योगधन्दा कलकारखाना बन्द हुँदैछन् भने युवाहरु विदेशिदैछन् । बजारमा पठाएका जनशक्ति काम नपाएर कम्पनीले फर्काउँदैछ । भने राज्यलाई चाहिने विभिन्न क्षेत्रमा मानव श्रमशक्ति सप्लाई गरेका छौ । राज्यले भारत लगायत विदेशबाट काम गर्ने श्रमिकलाई भन्दा स्वदेशमै रहेका श्रमिकलाई देशभित्र काम गर्ने वातावरणका लागि सम्बन्धित संस्थालाई प्रशिक्षित गर्न सके नेपालीले नेपालमै काम गर्ने अवसर मिल्ने थियो ।
राष्ट्र र समाजलाई सहयोग पुग्ने प्रकृतिको तपाईको पेशा र तपाईको व्यस्त समयको उपलब्धताप्रति धन्यवाद ।
पेशाकर्मीको हिसाबले मेरो केही विचार र जिज्ञासा राख्ने मौका उपलब्ध गराउनु भएकोमा चितवन ज्योति पत्रिका टिमलाई धन्यवाद सहित आभार व्यक्त गर्दछु ।
(चितवन ज्योति पत्रिकाबाट )
























