चितवन। नेपाल ईन्जिनियर्स एशोसियसन चितवनको अध्यक्षमा ई. कृष्ण रिजाल चयन भएका छन् । एशोसियसनको आठौं अधिवेशनबाट बर्ष २०८०/८२ का लागि रिजाल सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले ई. रिजालको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । एशोसियसनको उपाध्यक्षमा ई. चन्द्रमणी बस्याल, सचिबमा ई.दिपक खनाल, कोषाध्यक्षमा ई. सुमन श्रेष्ठ एवम् सदस्यहरुमा ई. सुशीला जम्मरकट्टेल, ई.आशिष गुरुङ्ग,ई.बिकल पन्डित,ई .अजय पोख्रेल र ई. अनिष काफ्ले चयन भएका हुन् ।

एशोसियसनका अध्यक्ष ई. बिराट घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी एशोसियसनका पुर्व अध्यक्ष ई. बाबुराम उपाध्याय रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले देशको बिकास निर्माणमा ईन्जिनियरहरुको महत्त्वपूर्ण भुमिका हुने हुँदा पेशागत मर्यादालाई कायम राख्दै जिम्मेवार हुन सम्पुर्ण ईन्जिनियरहरुलाई आग्रह गरेका थिए ।





















