अनाथ बालबालिकाको लागि समर्पित चलचित्र “बालापन” निर्माण अनाथ असाहाय बालबालिकाको सहयोगार्थ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रस्तुति नेपाली कथानक चलचित्र “बालापन” निर्माण भएको छ ।
चलचित्रको प्रीमिएर शो यहि आउदो असोज १३ गते चलचित्र विकास बोर्डमा हुने निर्माण पक्षले जनाएको छ । उक्त चलचित्र शिव आर.जि द्वारा निर्देशित निर्माता प्रभुराम कार्की र हट मिलन राई, सह-निर्मात्री इन्दिरा थापाको लगानी रहेको छ । निर्माता प्रभुराम कार्कीका अनुसार नेपालका विभिन्न जिल्ला र देश बाहिर विभिन्न देशहरुमा चलचित्रको प्रीमिएर शोको लागि टिकट बुक भईसकेको छ ।
नायक धिरेन शाक्य, सबिन श्रेष्ठ, नायीका प्रियंका कार्कि, सोनी बिसि अभिनित चलचित्रमा रेसम फिरीरी लगायतका थुप्रै हास्य कलाकारहरूको अभिनय रहेको छ । झन्डै एक करोड पचास लाख लागतमा छायांकन गरिएको चलचित्र बालापनको झल्को दिने, पारिवारिक र सामाजिक बिषय वस्तुमा केन्द्रीत रहेकोले दर्शकले अपेक्षा गरे भन्दा राम्रो मन पराउने कुरा निर्माण पक्षको दाबि रहेको छ ।
यस चलचित्रबाट कमाई भएको केहि रकम अनाथ बालबालिकाको लागि समर्पित गर्ने निर्माता प्रभुराम कार्किले बताउनु भयो ।





















