चितवन / हामी विशिष्ट सेवा लागि अब्बल छौँ , यहि अस्पतालमा हुन्छ सबै उपचार आजको पत्रकार भेटघाटमा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशन प्रो डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
चितवन मेडिकल कलेजका मेडिकल कलेज शिक्षण अस्पतालले मुलुकको मध्य भागमा रहेर विशिष्ट सेवाका लागि आफूहरु अब्बल बनेको बताएको छ । स्वास्थ्य शिक्षा र स्वास्थ्य उपचार एक साथ विशष्ट रुपमा दिएको सेवाकै कारण मुलुकको सबैजसो जिल्लाका विरामीहरुलाई सेवा दिएकाले पनि आफुहरु अब्बल सावित भएको अस्पतालको भनाई छ ।
अस्पतालले आज आयोजना गरेको पत्रकार भेटघाटमा अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशन प्रोफेसर डा. हरिशचन्द्र न्यौपानेले भने, हामी अब हरेक बर्ष साउनमा यसरी नै अस्पतालको प्रगति विवरण दिने सुरुवात गरेका छौं । विगत एक दशकदेखि चितवनको स्वास्थ्य सेवा हेर्दा हामी अब विशिष्ट सेवाका लागि अब्बल छौँ । उनले सोही अवसरमा मुलुकमा नै सबैभन्दा धेरै भेन्टिलेटर सहित सेवा दिन चितवन मेडिकल कलेज सफल रहेको समेत जानकारी दिए ।
चितवनमै अब मेदान्त र एपोलो अस्पताल भन्दा कुनै पनि कुरामा स्वास्थ्य सेवा कम छैन , डा. हरिशचन्द्र न्यौपानेले भने, तर हामीले स्वास्थ्य शिक्षाका बारेमा नबुझदाँ विदेशीनु परेको छ ।
चितवनका अस्पतालको बिषयमा भ्रम फैलाएर बिरामीलाई बिदेश पठाउन पल्किएका कमिसन खाने एजेन्टहरुले गर्दा पनि यहीँ उपलब्ध हुने सेवाका लागि बिरामी बिदेश गएर समय र पैसा बेकारमा खर्च गरेको न्यौपानेको भनाई छ ।
कलेजले स्वास्थ्य शिक्षाका नाममा विदेशिने करोडौ रकम स्वदेशमा नै खर्च गर्ने बातावरण तयार गरेको उनले अगाडी भने, चितवन र यस आसपासका जिल्लाका जनताको विश्वसनिय उपचार गराउने थलोका रूपमा चितवन मेडिकल कलेजले आफूलाई स्थापित छ । यसले हामीलाई थप हौसला र उर्जा प्रदान गरेको छ ।
साथै जनताको सोही विश्वास र साथका कारण पछिल्लो समयमा मेडिकल क्षेत्रमा विकास भएका अत्याधुनिक उपकरणहरू थप गर्दै अति विशिष्ट सेवा प्रदान गर्दै आएको स्पष्ट समेत न्यौपानले बताए ।

यस्तै लकडाउनका कारण चितवन मेडिकल कलेजबाट आर्थिक ०७५ ७६ बर्ष तुलनामा आर्थिक बर्ष ०७६ ७७ मा सेवा लिने विरामीहरु कम रहेका छन् । गत बर्ष ४ लाख ४४ हजार विरामीहरुले सेवा लिएकोमा आर्थिक वर्ष ०७६ ७७ मा तिन लाख २४ हजार ६६९ जना बिरामीले ओपिडि सेवा लिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
जसमा ६३ हजार ७ सय ९७ जना बिरामीले स्वास्थ्य बिमा सेवा लिएको, ३०२७ जनालाई निःशुल्क प्रसूति सेवा दिएको र गरिब तथा बिपन्न २९८९४ जना बिरामीलाई ३ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबरको छुट गरेको जनाएको छ । यसैगरि बिरामीको निःशुल्क उपचार सेवादेखि सामाजिक उत्तरदायित्वका धेरै काम गरेको लम्सालको भनाई छ ।
कलेजबाट बार्षिक रुपमा २ हजारभन्दा बढी बिद्यार्थीलाई प्रमाणपत्र तहदेखि फेलोसिपसम्मका कार्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गरेको, उपचार र शिक्षाका लागि काठमाडौं वा बिदेश जानुपर्ने अवस्थाको अन्त्य गदै चितवनमै उच्च क्वालिटिको स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न चितवन मेडिकल कलेज सफल रहेको अस्पतालको दावी छ ।
आफ्नो अस्पतालमा कुल बिरामीको ६१ प्रतिशत चितवन, १५ प्रतिशत नवलपरासी र बाँकी मकवानपुर, गोरखा, तनहुँ, लमजुङ लगायतका स्थानबाट बिरामी आउने गरेको चितवन मेडिकल कलेजले पत्रकार सम्मेलन गरी जनाएको छ ।
अतिविशिष्ट सेवा कलेजले सामान्य सेवा बाहेक अतिविशिष्ट सेवाहरुमा पल्मोनोलोजी क्रिटिकल केयर तथा स्लीप मेडिसिन, कार्डियोलोजी, न्यूरो सर्जरी, ग्यास्ट्रोइन्टेरोलोजी, यूरोलोजी, ग्याष्ट्रोइन्टेस्टाईनल सर्जरी, प्लाष्टिक सर्जरी, हेपाटोवेलियरी तथा प्यान्क्रियाटिक, मधुमेह ईन्डोक्रायनोलोजी, हेपाटोलोजी तथा लिभर प्रत्यारोपण, बाल सघन पेडियाट्रिक्स ईन्टेन्सीभिस्ट रहेको अध्यक्ष डा. न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपालकै सबैभन्दा धेरै भेन्टिलेटर सहितको ३७ शैयाको मेडिकल आई.सि.यु., २० शैयाको सर्जीकल आई.सि.यु., २० सैयाको एन.आई.सि.यु. र १७ सैयाको पी.आई.सि.यु., ६ सैयाको ईमरजेन्सी आई.सि.यु., १६ सैयाको कोभिड आई.सि.यु. र २० शैयाको सी.सी.यु.सहित १३६ बेडको सेवा दिँदै आएको न्यौपानेको भनाई छ । अस्पतालले मुटु, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, डाईलासिस, क्यान्सर, पार्किन्सन र अल्जाईमर रोग भएका बिरामीहरुलाई १ लाखसम्मको निःशुल्क सेवा दिँदै आएको पत्रकार सम्मेलनमा बताइएको थियो ।
कोरोना नियन्त्रणका लागि चैतको पहिलो साताबाट छुट्टै कोभिड क्लिनिक संचालन गरी १० सैयाको वार्ड, ५ वटा भेन्टिलेटरसहितको आई.सी.यु. संचालन गरिरहेको र आवश्यक परेमा वार्ड थप गर्ने तयारीमा आफुहरु रहेको कलेज प्रशासन बताउँछ । सरकारले निर्देशन दिए आफहरुले कोरोना र परिक्षण र कोरोना उपचार समेत अस्पतालबाटै दिने अस्पतालका अध्यक्ष डा. न्यौपानेले बताए ।
उनले टेकु बराबरको आफुहरुसगँ मात्र ल्याब भएको र सरकारको निर्देशन यो कहर मान्नुपर्ने भएकोले पनि सरकारले निर्देशन दिए यहि सुलभ मुल्य कोरोना परिक्षण गर्ने उनले बताए । अस्पतालले अति नै सुरक्षा सावधानी अपनाएर अस्पताल नै संक्रमणको केन्द्र बन्न हुदैन भन्ने उद्देश्यसहित अस्पतालमा प्रवेश गर्ने डाक्टरदेखि बिरामी र तिनका आफन्तहरुलाई अस्पताल प्रवेश अगाडि नै ज्वरो चेकजाँच गरी सेनिटाईजरले हात सफा गर्न लगाई प्रवेशको ब्यवस्था गरेको बताएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा क्वारेन्टाईन बनाउन १० बेड, माडी नगरपालिकामा १० बेड र भरतपुर अस्थायी कोरोना अस्पताल बनाउन २० बेड सहयोग गर्नुका साथै भरतपुर कोभिड ल्याबमा ३ महिनाका लागि ४ जना प्राबिधिक जनशक्ति प्रदान गरिएको अध्यक्ष न्यौपानेले बताए ।
नेपालका अधिकांश जिल्लाका बिरामीले यस कलेजबाट सेवा लिएको देखिन्छ । त्यसमा ६१ प्रतिशत चितवन, १५ प्रतिशत नवलपरासी, साथै मकवानपुर, गोरखा, तनहुँ र लमजुङबाट मुुख्य रुपमा विरामीहरु उपचार गराउन आएको तथ्यांकले देखाउँछ । विभिन्न १८ वटा भन्दा बढी विभागहरूबाट उपचार सेवा दिइरहेको यस कलेज, गुणस्तरीय र विशिष्ट सेवामा नागरिकको पहुँचलाई स्थापित गरेको छ ।
७सय ५० बेड क्षमतामा संचालनमा रहेको यस मेडिकल कलेजले स्वास्थ्य शिक्षासंग सम्बन्धित २६ चिकित्सा बिधामा कार्यक्रम पनि संचालन गर्दै आएको कलेजका डाईरेक्टर डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।





















