चितवन । बिगत लामो समयदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा लगायतका देश जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ ९००१:२०१५) प्राप्त गरेको छ ।
बिगत २ महिना अघि आवेदन दिएकोमा विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त भएको कनेक्ट नेपालका प्रमुख मेघराज कँँडेलले बताउनुभयो ।
आफू स्वयं अष्ट्रेलिया लामो समय बसेकोले यसका लागि आवश्यक मापदण्ड पूरा गर्न मद्दत मिलेको उहाँको भनाइ छ । ६ वर्षदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा लगायतका देश जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले देशभर नौ शाखा सञ्चालन गरिसकेको छ ।
कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेलले यो गर्वको बिषय भएको बताउनुभयो । यो एउटा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ। ‘नेपालमा पहिलो (आईएसओ ९००१:२०१५) प्रमाणित परामर्शदाता गुणस्तर व्यवस्थापन प्रणालीहरूको लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मानक हो, उहाँले भन्नुभयो, ‘यो प्रमाणीकरण प्राप्त गर्नाले उच्च-गुणस्तरका सेवाहरू प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ।’
यसले परामर्शदाताबाट शिक्षा र भिसा सेवाहरू खोज्ने विद्यार्थीहरूको विश्वास बढाउने बताउनु भयो ।





















