चितवन – चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् ।
आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका युवकले नर्समाथि हातपात गरेका थिए । हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए ।
गेटमा खटिएका सुरक्षा गार्डले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा. शुप्रभात श्रेष्ठले जानकारी दिए ।
नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
























